२७ आश्विन २०८२, सोमबार
कर्णाली मुख्‍य समाचार समाज

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

अदानचुली हुम्ला, १५ साउनः एक सातादेखि फैलिएको अज्ञात रोगका कारण हुम्लाको चङ्खेली गाउँपालिकामा ३० भन्दा धेरै पशुवस्तु मरेका छन् । गाउँपालिका–६ स्थित रामालेख खडिन्याखाडा खर्कमा राखिएका पशुवस्तु मरेका हुन् ।

अचानक पशुवस्तुको पेट र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने, ¥याल काड्ने रोगले हालसम्म एक भैँसी, एक कुकुर, ६ दुहुना र अन्य नौवटा गाई तथा १४ भन्दा धेरै गोरु लगायत पशुवस्तु मरेका स्थानीय हरिबहादुर शाहीले जानकारी दिए । यही साउन ८ गतेपछि फैलिएको उक्त रोगले हालसम्म उनको मासिधारा लगायत क्षेत्रमा कृषकका ३० भन्दा बढी पशुवस्तु मरेपछि ठूलो क्षति पुगेको छ ।

अधिकांश पशुवस्तु जङ्गलतिर खर्क रहेकाले अन्य पशुवस्तबारे यकिन विवरण आउन बाँकी छ । खर्कमा समेत अझै एक भैँसी बिरामी भएपछि पालमा राखिएको छभने अन्य गाईगोरु समेत थला परेका छन् । अज्ञात रोगको महामारीका कारण पशुवस्तु मर्न थालेपछि खर्क क्षेत्रको जङ्गल गन्हाउने भएको छ ।

सोही खर्कमा मात्रै नभई विभिन्न गाउँका खर्कमा १०० भन्दा बढी पशुवस्तुहरु अझै बिरामी परेका स्थानीयले जनाएका छन् । गाउँपालिकाको पशुशाखामा औषधिका लागि गए पनि त्यहाँ पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको शाहीले गुनासो गरे ।

यहाँ हिउँदका लागि पशुवस्तुलाई घाँस सङ्कलन, बर्खेबालीको संरक्षण र गर्मीमा हुने रोग छल्नका लागि पशुवस्तु खर्कमा लिने प्रचलन छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व