२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति

पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिका बैठक बस्दैछ ।

जसमा कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनासम्बन्धी सुझावको मस्यौदामा छलफल हुनेछ ।  बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा भूमिसम्बन्धी केही नेपाललाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि छलफल हुनेछ ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भूमि आयोगका पदाधिकारी, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मधेस प्रदेशलगायत देशभरका विभिन्न क्षेत्रमा देखिएका खानेपानी समस्याको समाधानका लागि मन्त्रालयबाट भएका कामकारबाहीबारे छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्दैछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल हुँदैछ ।

बैठकमा उक्त मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र समाधानका लागि भएका प्रयास तथा समितिसँगको अपेक्षाका विषयमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।

विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।