२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

कार्यवाहक अध्यक्ष तोक्ने निर्णय विधान विपरीत : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले रन्जिताले कार्यवाहक अध्यक्ष विधान विपरित तोकेको बताएका छन् ।

बुधबार आयोजित बैठकमा उपस्थित हुँदै उनले कार्यवाहक अध्यक्ष तोक्ने व्यक्तिलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर बैठक राखेर नतोकि सिधैँ तोकेको भन्दै रन्जिताले यसबारे केन्द्रीय कमिटिको बैठक बोलाएर स्पष्टिकरण दिनुपर्ने बताए ।

उनले भने, ‘रन्जिताजीले केन्द्रीय कमिटिको बैठक बोलाएर स्पष्टिकरण दिनुपर्ने थियो । कार्यवाहक अध्यक्ष तोकेको सम्बन्धमा मलाई व्यक्तिगत रुपमा मन परेको छैन । धेरै व्यक्तिको चित्त दुखेको पनि छ र यो हाम्रो विधान विपरित पनि छ । विधान अनुसार उहाँले तोक्ने व्यक्तिलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर बैठक राखेर तोक्नुपर्ने थियो । यसै कारणले गर्दा पनि पार्टीमा गम्भिर छलफल हुनुपर्यो ।’

कार्यकर्ताले कार्यवाहक अध्यक्ष को हो भनेर सोध्दा यो व्यक्ति हो, यो हुनुपर्छ भनेर निर्णय गर्नको लागि आजको बैठक आयोजना गरिएको उनको भनाई छ ।

साथै, उनले पछिल्लो क्रममा उठेका केही विषयहरुको निराकरण के हो, यो सत्य हो की असत्य हो भन्ने कुराको छलफलको लागि पनि राष्ट्रिय भेला बोलाइएको बताए ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।