Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आठ करोड ३२ लाखमा बन्यो भवन

रातो कागज
1 दिन अघि

भोजपुर, १४ साउनः षडानन्द नगरपालिकाको दिङ्लामा रु आठ करोड ३२ लाख लागतमा ३० कोठे इलाका प्रशासन कार्यालय भवन निर्माण भएको छ ।

इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको र मङ्गलबारदेखि नयाँ भवनबाट सेवा प्रवाहले सुरु भएको जानकारी दिए । यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया