२६ आश्विन २०८२, आईतवार
बागमती मनोरन्जन मुख्‍य समाचार विशेष समाचार

पशुपति क्षेत्रमा ऐतिहासिक लाखे झ्यालिन्छ नाच सुरू

काठमाडौं । पशुपति क्षेत्रमा विगत लामो समयदेखी रोकिएको ऐतिहासिक लाखे झ्यालिन्छ नाच श्रावण शुक्ल पञ्चमीदेखि सुरू भएको छ । जयवागेश्वरी, देवपत्तनमा ऐतिहासिक लाखे झ्यालिन्छ नाचको पुनःरुत्थान गरिएको भण्डार तहविलका द्वारे रामकृष्ण डंगोलले बताए ।

उनले लामो समयदेखी रोकिएको नाचको स्थानीय संस्कृति तथा सम्पदाप्रेमीहरूको सक्रियताबाट पौराणिक र नेवारी संस्कृति झल्काउने नाचलाई पुनर्जीवन दिइएको बताए ।

श्रावण शुक्ल पञ्चमीदेखि भाद्र कृष्ण सप्तमीसम्म १७ दिन यो नाच सञ्चालन हुनेछ ।  पशुपति क्षेत्रमा प्रस्तुत गरिने लाखे नाचले भूतप्रेत नलागोस्, मरेका आत्माले दुःख नदिऊन् र मृतकको आत्माले चिरशान्ति पाओस् भन्ने कामनाका साथ स्थानीयहरूको अनुरोधमा घर–घरमा समेत प्रदर्शन गरिने प्रचलन रही आएको छ ।

विगतमा लामो समयदेखी रोकिएको ऐतिहासिक परम्परा केहि वर्ष अगाडीबाट शुरूवात भएको हो । यो परम्परालाई निरन्तरता दिने कामपा ८ का वडाअध्यक्ष आशामान संगत, स्थानीयवासी, संस्कृति तथा सम्पदा प्रेमीहरूको प्रतिबद्धता रहेको छ ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,