६ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति

शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी काम चाँडै सकिन्छ : मन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम तिव्र गतिमा सम्पन्न गरिने बताएका छन् ।

मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको छलफलमा उनले शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी विधेयक सर्वसहमतीले पास भइसकेको भन्दै अब शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम गर्ने र शान्ति सम्झौताको समयमा भएका सम्झौताको एकीकृत अभिलेख तयार गर्ने काम भइरहेको बताए ।

उनले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गरिनेछ । यसको विधेयक पनि सर्वसहमतिले पास भइसकेको छ । शान्ति सम्झौताको समयमा भएका सहमती, समझदारी एंव सम्झौताको एकीकृत अभिलेख तयार गर्ने काम भइरहेको छ । जनआन्दोलन र जनयुद्ध, मधेश आन्दोलन लगायतको विविध राजनीतिक आन्दोलनमा घाइते एंव अपाङ्को सूचि अडिट गर्न देखिएको समस्याको खोजी समाधान गर्न उच्च स्तरीय समिति गठन गरिने छ । आर्थिक वर्ष २०८१।८२ को कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्बन्धी बजेट वक्तव्यमा शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम सम्पन्न गर्ने भनेर लेखिएको छ ।’

यस्तै, उनले आर्थिक वर्ष २०८१।८२ को कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्बन्धी बजेट वक्तव्यमा द्वन्द्व पीडितहरु परिवारलाई क्षतिपूर्ती, आर्थिक सहायता, पुनस्थापनाका लागि शान्ति कोषको स्थापना गरि एक अर्ब विनियोजन गरिएको पनि बताए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।