मकवानपुर, १३ साउनः नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुर लामाले पार्टीको संसदीय दलको नेताको हैसियत गुमाएका छन्।
प्रदेशसभामा आज भएको मतविभाजनमा उनको पक्षमा १५ जना र प्रदेशसभा सदस्य इन्द्र बानियाँका पक्षमा २२ जनाले समर्थन जनाउनु भएको हो । यो सँगै मुख्यमन्त्री लामा विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ ।
उनी विरुद्ध यही गत शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलमा ३७ जना प्रदेशसभा सदस्य हुन्।







