नेपाल न्युज बैंक
12 घण्टा अघि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एनजिओ÷आइएनजिओहरुमाथि निगरानी बढाउनुपर्ने बताएका छन् ।
विभिन्न संस्थाहरुले आफ्नो ढंगले पैसा लिएर दुरुपयोग भइरहेको भए त्यसमा राज्य गम्भीर बन्नुपर्ने बताए ।
मंगलबार पार्टीको समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले एनजिओ र आइएनजिओका नामबाट रकम अनुदानमा पारदर्शिता आवश्यक रहेको औंल्याएका हुन् ।
राजनीतिक रूपले पनि माओवादीको इतिहास मेटाउन एउटा वर्ग सक्रिय भएर लागिरहेको बताए । ‘एउटा वर्ग र तप्क न्वारनदेखिको बल लगाइरहेका छन् । माओवादीले गरेका राम्रा कामलाई राम्रो भन्न र स्थापित गर्न त्यस्ता तत्त्वहरू सक्रिय छन्,’ उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया