६ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाज

नागपञ्चमीका अवसरमा टौदहमा पूजा आराधना

ललितपुर । कीर्तिपुर–६ स्थित ऐतिहासिक टौदह पोखरीमा सोमबार नागपञ्चमीको अवसरमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।
बिहानैदेखि पूजाका सामग्रीसहित भक्तजनहरू नाग देवताको पूजा गर्न टौदहमा जम्मा भएका थिए । रंगीचंगी झण्डाहरूले सजिएको पूजास्थलमा श्रद्धालुहरूको भीड देखिन्छ । पूजा गरिरहेका, जल चढाइरहेका र प्रसाद ग्रहण गरिरहेका दृश्यहरू नागपञ्चमीको धार्मिक र सांस्कृतिक महत्व झल्काउँछन् ।
पोखरीको बीचमा रहेको पञ्चमुखी नागको मूर्तिले नाग देवताको प्रतीकको रूपमा टौदहको धार्मिक महत्त्व दर्शाउँछ । यही मूर्तिलाई लक्षित गर्दै भक्तजनहरूले पूजा आराधना गर्ने गर्छन् ।
नागपञ्चमीका दिन नाग देवताको पूजा गरी घरमा सुख, समृद्धि, र सर्पदंशबाट बच्ने विश्वास गरिन्छ। काठमाडौं उपत्यकाका प्रमुख नागस्थानहरूमा विशेष पूजाआजा गरिन्छ, जसमा टौदह एक प्रमुख स्थल हो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व