नेपाल न्युज बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ३७ पैसा र बिक्री दर १३८ रुपियाँ ९७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ३१ पैसा र बिक्रीदर ९१ रुपियाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७८ पैसा र बिक्रीदर १०१ रुपियाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ७२ पैसा र बक्रीदर १०८ रुपियाँ १९ पैसा, युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ २१ पैसा र बिक्रीदर १६१ रुपियाँ ९१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ६२ पैसा र बिक्रीदर १८६ रुपियाँ ४३ पैसा तोकिएको छ ।
यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपियाँ ७० पैसा र बिक्रीदर १७३ रुपियाँ ४५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४५ पैसा र बिक्रीदर १४ रुपियाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ६० पैसा र बिक्रीदर २१ रुपियाँ ७० पैसा तोकिएको छ।
त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २९ पैसा र बिक्रीदर १९ रुपियाँ ३७ पैसा, थाइभाट एकको खरिददर चार रुपियाँ २७ पैसा र बिक्रीदर चार रुपियाँ २९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९८ पैसा र बिक्रीदर १० रुपियाँ तीन पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ६३ पैसा र बिक्रीदर १७ रुपियाँ ७० पैसा निर्धारण गरिएको छ ।
साथै, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६७ पैसा र बिक्रीदर ३७ रुपियाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ७० पैसा र बिक्रीदर ३२ रुपियाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८९ पैसा र बिक्रीदर ३७ रुपियाँ पाँच पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९६ पैसा र बिक्रीदर ३८ रुपियाँ १२ पैसा कायम भएको छ ।
त्यसैगरि, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४५३ रुपियाँ २७ पैसा र बिक्रीदर ४५५ रुपियाँ २४ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ नौ पैसा र बिक्रीदर ३६८ रुपियाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपियाँ ३९ पैसा र विक्रीदर ३६० रुपियाँ ९५ पैसा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया