रातो कागज

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सभापति ठाकुर गैरेले टियू क्रिकेट मैदानमा भएको काम सन्तोषजनक रहेको बताएका छन् ।
सोमबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिकोतर्फबाट अनुगमन गर्दै उनले साउन महिनाभरीमा निर्धारित गरिएका टेण्डर बमोजिमका सबै कामहरु सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यका साथ काम भइरहेको बताए ।
उनले फ्ल्ड लाइटको पनि काम र ग्राउण्डको काम सकेर जडानको काम अन्तिम चरणमा भएको जानकारी प्राप्त गरेको बताए । क्रिकेट मैदान र त्रिभुवन विश्व विद्यालयबिच सम्झौता, क्यानसँगको सम्झौतालगायत परियोजना सन्चालन गर्ने सवालमा उत्पन्न समस्यालाई समितिका तर्फबाट नीतिगत पक्ष र कार्यान्वयनको अवस्थाका बारेमा सरकारलाई दिनुपर्ने सुझाव दिने बताए ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो निर्णय ३२० दिनभित्र सम्पन्न गर्ने घोषणा भएको हुँदा परियोजना अहिले चासोको विषय बनेको उनले बताए ।
उनले बनिरहेको उक्त क्रिकेट मैदानलाई सम्पन्न गराउन चाहेको भन्दै समितिका तर्फबाट आवश्यक सहयोग गर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया