२७ आश्विन २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाज

सातदोबाटोको सप्तेश्वर महादेव मन्दिरमा शिव महापुराण प्रारम्भ

ललितपुर । ललितपुर महानगरपालिकाको सातदोबाटो स्थित सप्तेश्वर महादेव मन्दिरमा शिव महापुराण सुरु भएको छ ।

साउनको दोस्रो सोमबारको अवसरमा कलश यात्रासँगै शिव महापुराणको सुरुवात गरिएको पण्डित बिजय सिंहले जानकारी दिए ।

उनले साउनको महिना शिवको महिना भएको भन्दै यहाँ वेलपत्र अर्पण गर्ने, तुलादान गर्ने, हवन आदी धार्मिक कर्महरु गरिने बताए ।

उनले भने, ‘आज कलश यात्रासँगै कथा वाचनको प्रारम्भ पनि हुनेछ । श्रावणको महिना मासहरुको मास उत्तम मास श्रावण मासमा शिवजीको अत्यन्तै महत्व छ । श्रावण महिनामा १२ गतेबाट २१ गतेसम्म शिव महापुराण आयोजना गर्दैछौ । हामीले वेलपत्र अर्पण गर्ने, तुलादान गर्ने, हवन आदी कर्महरु गर्ने इत्यादी धार्मिक कर्महरु गछौं । हाम्रा कलाकारहरुबाट भजन प्रस्तुत गर्नेछौ ।’

यो शिव महापुराण साउन १२ गतेबाट २१ गतेसम्म चल्नेछ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व