२६ आश्विन २०८२, आईतवार
कोशी मुख्‍य समाचार समाज

भोजपुरमा पशुको नश्ल सुधार गर्न कृतिम गर्भाधान सेवा सुरु

भोजपुर, १२ साउनः भोजपुरका किसानका गाईभैँसीमा कृतिम गर्भाधान सेवा सुचारु गरिएको छ । नश्ल सुधार गरेर किसानलाई उन्नत जातका पशुपालनमा प्रोत्साहन गर्न यहाँ कृतिम गर्भाधान सेवा सुचारु गरिएको हो । नश्ल सुधारमार्फत किसानलाई उन्नत जातका पशुपालनमा लाग्न सहजता थप्नको लागि कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख पुष्पराज दाहालले बताए ।

हालसम्म यहाँका किसानका ११ वटा गाईभैँसीमा कृतिम गर्भाधान सेवा प्रदान गरिएको उनको भनाइ छ । गाईभँैसीमा नश्ल सुधार गर्नको लागि कृतिम गर्भधान सेवा प्रदान गरिरहेका छौँ प्रमुख दाहालले भन्नुभयो,“हालसम्म ११ पशुको कृतिम गर्भाधान गराएका छौँ । सेवा केन्द्रसँगै किसानको गोठसम्म पुगेर सेवा प्रदान गरिरहेका छौँ ।

यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाईभैँसीको नश्ल राम्रो नहुँदा सोचे जस्तो आम्दानी लिन सकिरहेका छैनन् । पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गराउने उद्देश्यले सेवा सुचारु गरिएको केन्द्रको भनाइ छ ।

कृतिम गर्भधान गराउँदा नश्ल सुधारसँगै साढेबाट सर्ने रोग न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख दाहालहको भनाइ छ । कृतिम गर्भधानले पशुहरूको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित हुनमा सहयोग पु¥याउने विज्ञ केन्द्रले जनाएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व