२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

डा. शेखर कोइरालाको प्रश्न : हामीले कस्तो देश बनाउन खोजेका हौं ?

काठमाडौं  । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक प्रणाली र प्रशासकीय चरित्रप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै वर्तमान शासन प्रणालीप्रति प्रश्न उठाएका छन् ।

काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्म–स्मृति सभा तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार एवं सेवा पुरस्कार नेपाल समर्पण समारोहमा बोल्दै उनले वर्तमान राजनीतिक र प्रशासनिक प्रबृत्तिको आलोचना गरे ।

उनले वर्तमान प्रशासकीय प्रणालीमा दलीय प्रभाव अत्याधिक बढेको उल्लेख गर्दै भने, ‘अहिले दलीय प्रशासकहरु यसरी हावी भएका छन्, त्यो कल्पना गर्नै सकिँदैन । कुन पार्टीको प्रशासक हो, त्यसको घरमा त जानुहुन्छ उहाँहरु । तर अरुको घरमा गएर केछ, कसो छ भनेर सोध्ने चलन हराइसकेको छ ।’

बहुदलीय प्रणालीपछि केही हदसम्म अवस्था सुधारिएको भएपनि गणतन्त्रपछि प्रशासकहरुको शैली नै परिवर्तन भएको उनको भनाइ छ ।

‘हामीले कस्तो देश बनाउन खोजेका हौं ?देशलाई के बनाउने हो ?’भन्दै उनले राजनीतिज्ञहरुको नैतिकता गम्भीर रूपमा खस्किएको उल्लेख गरे ।

कोइरालाले अहिले संसदमा घटिरहेका घटनाहरूलाई नियाल्दै संसदको स्तरसमेत खस्किएको बताएका छन् । उनले संसदभित्र ‘इथिक्स कमिटी’ गठन गर्नुपर्नेमा जोड दिंदै मन्त्रीहरूलाई आरोप लागेपछि जिम्मेवारी लिन तयार नहुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे ।

‘कुनै मन्त्रीमाथि चार्ज आउँछ भने उसले ‘म राजीनामा दिन्छु’ भनेर अगाडि बढ्दैन । त्यो आँट नै छैन अहिले,’उनले भने, ‘कस्तो कार्यपालिका बनाउने हो हामीले ?’

प्रधानमन्त्रीले दिनमा पाँचचोटि भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर भनेपनि त्यो व्यवहारमा देखिनुपर्ने आवश्यकता कोइरालाले औंल्याए । उनले भने, ‘हाम्रो  प्रधानमन्त्री दिनको पाँचचोटि भन्नुहुन्छ म भ्रष्टाचार गर्दिन,भ्रष्टाचार गर्न दिन्न । यो भनेर हुँदैन प्रधानमन्त्रीज्यू । अब गरेर देखाउनुपर्यो ।’

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।