Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कोशी प्रदेशसभाः विधेयक स्वीकृत

रासस
1 घण्टा अघि

विराटनगर, ११ साउनः कोशी प्रदेशसभामा आजको बैठकले ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले स्वीकृत गरेको छ ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशसभामा पेस गर्नुभएको सो प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए । विधेयकमा सैद्धान्तिक छलफल पनि सुरु भई कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले धारणा राखे ।

समसायिक विषय कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले विगत केही दिनदेखि आफ्ना विरुद्धमा सञ्चार माध्यममा आइरहेका समाचार झुटो र कपोलकल्पित रहेको दाबी गरे । उनले भने, मैले नखाएको विष मलाई कसरी लाग्छ, मेरो सचिवालयको कर्मचारीको क्युआर कोड मार्फत आफ्ना मातहतका कर्मचारीसँग रकम मागेको कुरा गलत हो ।

उनले सञ्चारमाध्यममा आएको व्यक्तिको क्युआरकोडको छानबिन गरी सत्यतथ्य बाहिर आउनुपर्ने धारणा राख्दै आफू कसैसँग पनि लेनदेन र घुस नलिएको दाबी गरे।

शून्य समय प्रदेशसभाको बैठकको आजको शून्य समयमा प्रदेशसभाका सदस्य गोम्बु शेर्पा, गणेशप्रसाद उप्रेती, गोपालबहाुर बुढाथोकी, मीना श्रेष्ठ, कमला दर्नाल, होमबहादुर थापा, मैया श्रेष्ठ, सुनिता कुमारी गुरुङ र मानबहादुर लिम्बूले विभिन्न विषयमाथि धारणा राखे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया