Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

साम्पाङमा रहेको बौद्ध गुम्बा संरक्षण

रातो कागज
3 दिन अघि

भोजपुर, ११ साउन ः षडानन्द नगरपालिका–१० साम्पाङमा रहेको ‘हिमालयन माहायान छेदेन छ्याकी खोलो’ बौद्ध गुम्बाको संरक्षण गरिएको छ । संरक्षण अभावमा जीर्ण बन्दै गएको गुम्बाको षडानन्द–१० सम्पाङ वडा कार्यालय तथा प्रदेश सरकारको बजेटमा संरक्षण गरिएको हो । गुम्बा भवन संरक्षण गरिएपछि यहाँका बौद्ध धर्मावलम्बी खुसी भएका छन् ।

पूजाआजा गर्न सहजता भएको गुम्बाका लागि सिंहबहादुर तामाङले बताउनुभयो । यो गुम्बामा पाठशाला सेमत सञ्चालन भइरहेको छ । समुदाय अनुसारको धर्म संस्कार र संस्कृतिको संरक्षण गर्न वडाको आर्थिक सहयोग तथा पहलमा गुम्बाको संरक्षण गरिएको वडाध्यक्ष पेमदोर्ची शेर्पाले बताए।

वडाको माथिल्लो भेगमा तामाङ र शेर्पा समुदायको बसोबास रहेकाले संस्कृतिको संरक्षणमा जोड दिन गुम्बा संरक्षण गरिएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । गुम्बा संरक्षणका लागि विभिन्न आर्थिक वर्षमा वडा र प्रदेश सरकार लगायत निकायबाट रु ३० लाख हारहारीमा खर्च गरिएको वडाध्यक्ष शेर्पाको भनाइ छ ।

गुम्बाको घेराबारा, प्रवेशद्धार निर्माण, छानो फेर्ने, धारा निर्माण लगायतका काम गरिएको हो । भावी दिनमा पनि आवश्यकताका आधारमा वडाले अन्य गतिविधि सञ्चालन गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया