६ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति

जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको आवश्यकता छ : सभापति सिंह

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ र प्रतिनिधि सभा क्षेत्र नं. २ ‘क’ अन्तर्गतको क्षेत्रीय अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ।
पुर्वाधार विकास समिति सभापति एवं प्रतिनिधि सभा सांसद माननीय दीपकबहादुर सिंहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा सिंहले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख प्रणाली आवश्यक रहेको धारणा व्यक्त गरे।
उनले वर्तमान शासन प्रणालीले जनताको प्रत्यक्ष भावना र इच्छालाई सम्बोधन गर्न नसकेको भन्दै अबको राजनीतिक मार्गदर्शन प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख प्रणालीबाट मात्र सम्भव हुने उल्लेख गरे।
अधिवेशनमा विभिन्न तहका नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। प्रतिनिधि सभा क्षेत्र नं. २ बाट अध्यक्षमा राम थोकर निर्वाचित हुनुभएको छ भने प्रदेश सभा क्षेत्र नं. २ (क) का अध्यक्षमा नविन रायमाझी चयन हुनुभएको छ।
यसैगरी, थाहा नगर महिला संगठनको अध्यक्षमा वसुन्धरा पुडासैनी सर्वसम्मत चयन हुनुभएको छ।
कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता, विभिन्न तहका जनप्रतिनिधि, र बुद्धिजीवीहरूको बाक्लो उपस्थिति थियो। नेताहरूले अधिवेशनलाई संगठन सुदृढीकरण तथा भावी राजनीतिक मार्गचित्र निर्माणको अवसरको रूपमा लिएका थिए।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।