६ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति

पार्टीले गरेका कतिपय निर्णय अपरिपक्व छन् ः विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन गरेर पार्टीमा गरिएका अपरिपक्व निर्णयले दुःखी तुल्याएको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पार्टीको लोकतान्त्रिक मूल्य मान्यता समेतलाई नजर अन्दाज गरी राजनीतिमा संलग्न हुन पाउने स्वतन्त्रलाई नियन्त्रण गरिएको भन्दै यस्तो निर्णयले निराश बनाएको बताइन् ।

उनले भनिन्,‘पार्टीको लोकतान्त्रिक मूल्य मान्यता समेतलाई नजरअन्दाज गरी राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रलाई संकुचन वा नियन्त्रण हुनेगरी गरिएका अपरिपक्क निर्णयले मलाई दुःखी तुल्याएको छ । यसप्रकारको निर्णयले पार्टीको सान र प्रतिष्ठालाई गिराउने छ ।’

आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थाइ रुपमा प्रभावित तुल्याउन सकिएताप नि वास्तविकतालाई छोप्न नसक्ने पनि उनको भनाई छ ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।