६ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति

भोटको अवस्था मजबुत रहेकाले रुपन्देही उपनिर्वाचनमा पहिलो पार्टी बन्ने कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले रुपन्देहीमा कांग्रेसको भोटको अवस्था मजबुत रहेको कारण कात्तिकमा हुन लागेको रुपन्देही ३ को उपनिर्वाचनमा पहिलो पार्टी बन्ने निष्कर्ष निकालेको छ ।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले मधेसवादी दलहरू एक भएर लडेमा चुनौती हुनसक्ने भएपनि भोटको अवस्था मजबुत भएको कारण चुनाव जित्ने निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

उनले भने, ‘अहिलेको पोजिसन के छ भन्न गाह्रो छ । प्रमुख चुनौती एमाले, रास्वपा, मधेस केन्द्रित दल एक भएर लड्ने भन्ने छ उनीहरूको पनि राम्रै उपस्थिति हुनसक्छन् । तर त्यहाँ कांग्रेस नै पहिलो पार्टी हो । प्राविधिक रूपले हामीले चुनाव हारेका हौँ । तर हाम्रो भोटको अवस्था मजबुत रहेको आजको निष्कर्ष छ ।’

त्यस्तै, उनले रुपन्देहीमा गठबन्धनलाई पर राखेर समानुपातिक पार्टीको मत मात्र हेर्ने हो भने कांग्रेस पहिलो पार्टीको रुपमा नै रहेको दाबी गरे ।

उनले भने, ‘हामीले हेर्ने भनेको रुपन्देहीमा विभिन्न गठबन्धनहरू थिए गएको निर्वाचनमा, गठबन्धनलाई पर राखेर समानुपातिक पार्टीको मत मात्र हेर्ने हो भने कांग्रेस पहिलो पार्टीको रुपमा नै थियो । जसले त्यतिबेला २० हजार मत प्राप्त गरेको थियो । दोस्रो भएको एमालेले १६ हजार मत ल्याएको थियो । तेस्रो पार्टी रास्वपाले १४ हजार मत प्राप्त गरेको थियो । त्यसपछि मधेसवादी दलहरू थिए ।’

उनले यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु पनि धेरै हुनसक्ने सम्भावना रहेकोे पनि बताए । बैठकमा मन्त्री फेरबदलको विषय भने प्रवेश नै नगराएको उनले जानकारी गराए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।