६ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता प्राप्तिको लडाई अन्त्य भैसक्यो : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पूर्वराष्ट्रपति विद्या भण्डारीको नेकपा (एमाले) को पार्टी सदस्यता प्राप्तिको लडाई अन्त्य भइसकेको बताएका छन् ।

सक्रिय राजनीतिमा फर्कने नदिने एमालेको केन्द्रीय कमिटिको निर्णयका विरुद्ध शुक्रबार पत्रकार सम्मेलनमार्फत भण्डारीले कानूनी उपचारमा जाने वा राजनीतिक लडाईको उद्घोष गर्ने आँकलन भइरहँदा बस्नेतले भण्डारीको पार्टी सदस्यता प्राप्तिको राजनीतिक र कानूनी लडाई अन्त्य भइसकेको दाबी गरेका हुन् ।

बस्नेतले भने, ‘विद्या भण्डारीलाई पार्टीमा नल्याउने भनि एमालेको केन्द्रीय समितिको बैठकले राजनीतिक निर्णय गरिसकेको छ । अब भण्डारी तत्काल एमालेको राजनीतिमा फर्कने कुनै सम्भावना रहेन । जहाँसम्म यसबारे उनले कानूनी उपचारको बाटो खोज्ने कुरा छ । एमालेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय राजनीतिक मात्र हैन यो पूर्णतः कानूनी निर्णय पनि हो । यसउपर कहीँ कतै पुनरावेदन गर्ने ठाउँ हुँदैन ।’

आगामी एमालेको केन्द्रीय समिति वा महाधिवेशनबाट विद्याबारे निर्णय गर्न सकिने सम्भावना पनि भण्डारीका पछिल्ला गतिविधिले टर्दै गएको बस्नेत बताउँछन् । बस्नेत विद्याको सक्रिय राजनीतिबारे अब एमालेको बैठकको एजेण्डासमेत बन्ने सम्भावना देख्दैनन् ।

सरकारको भ्रष्टाचार, असफलता र अलोकप्रियतालाई छोप्न र रास्वपाको हस्ताक्षर अभियानबाट जनताको ध्यान डाइभर्ट गर्न यो सबै एमालेले जानीबुझी खेलेको खेल र प्रपञ्च होइन भने विद्या भण्डारीको एमाले राजनीतिक जीवनमा लगभग पूर्ण बिराम लागिसकेको बस्नेतको ठोकूवा छ ।

विद्या भण्डारीले पत्रकार सम्मेलन गरेर पोख्ने गुनासो र देखाउने घुर्कीेले केही पार नलाग्ने उनको भनाइ छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।