६ माघ २०८२, मंगलवार
खेलकुद बागमती मुख्‍य समाचार

टि– ट्वान्टी आई सिरिजमा पाकिस्तानको सान्त्वना जित

काठमाडौं । टि– ट्वान्टी आई सिरिजमा पाकिस्तानले घरेलु टोली बंगलादेशविरुद्धको सान्त्वना जित हासिल गरेको छ ।

ढाकास्थित शेरे बंग्ला क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७४ रनले हराएको हो ।

१ सय ७९ रनको लक्ष्य पछ्याएको बंगलादेश १६.४ ओभरमा १ सय ४ रनमा समेटियो । बंगलादेशका मोहम्मद सैफुद्दिनले ३४ बलमा २ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ३५ रन जोडे ।

ओपनर मोहम्मद नइम १० रनमा आउट हुनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

पाकिस्तानका लागि सलमान मिर्जाले ३, मोहम्मद नवाज र फहिम असरफले समान २ तथा हुसेन तलत, सलमान आगा र अहमद दानियालले समान १ विकेट लिए ।

त्यसअघि शेरे बंग्ला क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनायो ।

पाकिस्तानका साहिबजाद फर्हानले ४१ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय इनिङ खेले ।

हसन नवाज १७ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३३ रनमा आउट भए । सइम अयुब २१, मोहम्मद नवाज २७ रनमा आउट हुँदा कप्तान सलमान आगा १२ रनमा अविजित रहे ।

बंगलादेशका तस्किन अहमदले ३, नसुम अहमदले २ तथा मोहम्मद सैफुद्दिन र सरिफुल इस्लामले समान १ विकेट लिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected