रासस

काठमाडौँ, ८ साउनः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले मधेस प्रदेशमा तत्काल पिउने पानीको आपतकालिन आपूर्ती र पानीका स्रोतको मर्मतमा तत्काल कदम चाल्न सरकारको ध्यानार्कषण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनले मधेस प्रदेशलाई विपद सङ्कट क्षेत्र घोषणा गरेता पनि समस्या समाधानका लागि सरकार गम्भीर नभएको भन्दै खेद प्रकट गरे।
मधेसमा सिँचाइ र खानेपानीको अभावबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउनु भएका उनले पानीमाथि राजनीतिक नियन्त्रण भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।
सिँचाइको अभाब र खानेपानीको अभाबमा बाचिरहेका मधेसका नगरिकको समस्यामा सरकार रमिते बनिरहेको छ, सांसद श्रेष्ठले भने, पिउने पानीको आपतकालिन आपूर्ति र पानीका स्रोतको मर्मतमा तत्काल चाल्न सक्ने कदम पनि चालेको छैन । नयाँ डिप बोरिङको राजनीतिकले छिमेकी जिल्लाका मन्त्रीका निर्वाचन क्षेत्रका जनतालाइै राहत मिल्ला तर मधेसका जनतालाई अन्य सात जिल्लाका नागरिकले सरकारले महसुस गर्न पाएका छैनन ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैकले मधेस प्रदेशभर विपद सङ्कटग्रस्त घोषण गरेको थियो । त्यसअघि असारमा बसेको मन्त्रिपरिषद्को बैठकले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्यालले मधेसमा पानीको अभाबसम्बन्धी विषय सम्बोधनका लागि बजेट छुट्याउनुपर्नेमा जोड दिए ।
सुख्खाग्रस्त क्षेत्र घोषणा मात्र गरेर पुग्दैन । त्यहाँका जनताले खानेपानी पाएका छैनन् । खानेपानी र सिँचाइको व्यवस्था गर्नुपर्यो, उनले भने, “बजेट रकमान्तर गरेर भएपनि मधेसमा पानीको समस्या समाधान गर्न आग्रह गर्दछु ।
नेकपामाओवादी केन्द्रका सांसद बिमला सुवेदीले रसुवाको नौकुण्ड गाउपालिकामा दुई बालिकाको शंकास्पद मृत्यु भएको भन्दै उक्त घटनाबारे ढिलासुस्ती नगरी अनुसन्धान गर्न ध्यानार्कषण गराए ।
बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले डेङ्गी सङ्क्रमण बढन थालेको भन्दै ‘खोज र नष्ट गर’ अभियान प्रभाबकारी बनाउन सम्बन्धीत निकायको ध्यानार्कषण गराए।
सभामुखमार्फत सम्बन्धीत मन्त्रालयको ध्यानार्कषण गराउदै उनले लामखुट्टेको लार्भा खोजेर नष्ट गर्नेपर्नेमा जोड दिए ।
सांसद गैरेले पाल्पा जिल्लामा नसर्ने रोगहरु मुटु, क्यान्सर र मिर्गौला रोगका बिरामीको सङ्ख्या बढेकातर्फ सचेत गराए । गुणस्तरहिन खाद्यवस्तुको उत्पादन र वितरण, धु्रमपान नियन्त्रण, खाद्य बालीमा अत्याधिक विषादी प्रयोग रोक्न र वातावरण प्रदुषण न्यूनीकरण गर्न सरकारसँग विशेष पहलको लागि माग गरे ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का सांसद रणेन्द्र बरालीले चितवनको राप्ती नगरपालिकामा राजनीतिक खिचातानीका कारण कर्मचारी भर्ना र निकाल्ने काम भइरहेको बताए । उनले यस नगरपालिकाका ६९ जना कर्मचारीलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन सम्बन्धीत निकायको ध्यानार्कषण गराए ।
६९ जना कर्मचारीले नगरपालिका घेराउ कार्यक्रम निरन्तर चलाएका छन । नौ महिनादेखि पारिश्रमिक र पुर्नबहालीको माग राखेर घेराउ गरिरहेका छन् । सम्बन्धीत नियकालाई न्यायीक कार्य थाल्नुपर्छ”, सांसद बरालीले भने ।
नेपाली कांग्रेसका सांसद दीपक गिरीले सडक दुर्घटनको बढदो जोखिमबारे सभामुख मार्फत सरकारको ध्यानार्कषण गराए । अमेरिकाको लुइसिया टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु भएको र उनीहरुको अभिभावकलाई दाहसंस्कारका लागि अमेरिकाको भिसा उपलब्ध गराउन सहज व्यवस्था गर्न समेत माग गरे ।
नेकपा एकीकृत समाजवादी०का सांसद प्रकाश ज्वालाले कर्णाली प्रदेशमा तुईन विस्थापन, किसानलाई मल र मधेसमा पानीको आपत्कालिन व्यवस्थापनलगायतका विषयमा सभामुख मार्फत सरकारको ध्यानार्कषण गराए । उनले मन्त्रीहरुको सम्पक्ति सार्वजनिक गर्न माग गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया