१ फाल्गुन २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार विशेष समाचार

गत आवमा पूर्वीनाका काँकरभिट्टबाट १९ अर्व ९४ करोड बाराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर झापा, ८ साउनः गत आर्थिक वर्ष २०८१÷८२ मा पूर्वीनाका काँकरभिट्टाबाट रु १९ अर्व ९४ करोड १६ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एल पि ग्यास, एटीएफ, मट्रितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागार्इंका अनुसार अघिल्लो आव २०८०÷८१ को तुलनामा रु ९० करोड ८२ लाख अर्थात चार दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने छ दशमलव ५० प्रतिशत अर्थात रु ५९ करोड ६९ लाख १० हजार ले बढेको सूचना अधिकारी हुमागाईंले बताए ।

कार्यालयको तथ्याङ्क अनुसार गत आव २०८१÷८२ मा पेट्रोलियम पदार्थ आयातबाट रु नौ अर्व ७१ करोड ३२ लाख ९२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधीमा रु आठ अर्व ९२ करोड ८५ लाख मूल्य पर्ने एक लाख तीन हजार ६४ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु सात अर्व तीन करोड ३२ लाख मूल्य पर्ने ७७ हजार ४२४ किलोलिटर डिजेल आयात भएको छ ।

यसैगरी उक्त अवधीमा रु दुई अर्व ८२ करोड मूल्य पर्ने २५ हजार ५६८ मेट्रिकटन एलपि ग्यास, रु ६६ करोड चार लाख मूल्य पर्ने सात हजार २९२ किलोलिटर एटीएफ र रु २५ करोड ४९ लाख मूल्य पर्ने दुई हजार ८५२ किलोलिटर मट्टितेल आयात भएको छ ।

थप समाचारहरु

कोशी समाचार समाज

धरानमा गोली हानी युवकको हत्या, रकम र मोबाइल पनि लुटियो

५ साउन, विराटनगर । सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका -५
कोशी प्रदेस समाचार समाज

कोशीका सवा २ लाख पशुमा ‘लम्पी स्किन’ संक्रमण, ५ हजार मरे

६ साउन, झापा । कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’