रासस
1 दिन अघि

काठमाडौँ, ८ साउन ः प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१र२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताए छ ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१ र २०८२ मा नेपालले रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराएका छन् ।
आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कूल निर्यात रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले लेखेका छन, “यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ । रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाखको निर्यात गर्न हामी सफल भएका छौँ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया