१५ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाज

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

भक्तपुर, ८ साउनः चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरातात्विक एवम् धर्मिक दृष्टिकोणले महत्त्वपूर्ण सम्पदाको उत्खनन एवम् संरक्षण गर्ने भएको छ ।

नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर साउन महिनामा एक महिने शिव पुराण ज्ञान महायज्ञ एवम् विष्णु पुराण ज्ञान महायज्ञको अवसरमा बुधबार वडा नं ७ स्थित प्रसिद्ध बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिर परिसरमा आयोजित कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले सम्पदा उत्खनन एवम् सरक्षण गरिने बताएका हुन ।

उनले भने, “चाँगुनारायण नगरपालिका–१ देखि ९ सम्म नै अथाह सम्पदा, धार्मिक मठ मन्दिर, एतिहासिक एवम् पुरातात्विक महत्त्वका स्थल छन् । तीमध्ये कयौँ आझेलमा छन्, कयाँै खोज तथा अनुसन्धान र उत्खनन गर्नुपर्ने अवस्थामा छन् । त्यस्ता सम्पदाको नगरपालिकाले खोज तथा अनुसन्धान गर्नेछ र त्यसको संरक्षणमा लाग्नेछ ।

नगरप्रमुख खत्रीले नगरकोट भ्रमण वर्षको अवसर पारेर नगरपालिकाले नौ वटै वडाका सम्पदाको संरक्षण, खोज अनुसन्धान गर्न स्थानीयलाई पनि साथ दिन आग्रह गरे ।

भेटिएको सम्पदाको उत्खननका लागि पुरातत्व विभागको समन्वयमा विज्ञ परिचालन गरेर त्यसको संरक्षण गर्ने नगरको योजना छ । नगरपालिका क्षेत्रको आर्थिक विकास, सगरमाथाको अवलोकन एवम् सर्योदय र सूर्यास्त मात्रै नभई नगर क्षेत्रका सम्पदाको विकास गर्ने गरी योजना बनाइएको नगरप्रमख खत्रीको भनाइ छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व