Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाखबढी राजस्व सङ्कलन

रासस
1 हप्ता अघि

बागमती, ७ साउनः उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशका अन्य जिल्लामा विशेष चेकजाँच तथा सचेतनामूलक अभियान चलाएको ट्राफिक प्रहरीले आर्थिक २०८१र८२ मा सवारी कारबाहीबाट रु १० करोड १७ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाँणका अनुसार आव २०८१र८२ मा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने एक लाख हजार नौ हजार ४०२ सवारीमाथि कारबाही गरी रु १० करोड १७ लाख ५१ हजार १०६ राजस्व सङ्कलन गरेको छ ।
पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र रिडर गणबाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ठूला तथा साना सवारीसाधनमाथि कारबाही गरेको प्रहरी नायब उपरीक्षक खाँणले बताए।
प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण लामो समयसम्म सवारीसाधन सञ्चालनमा आएको कमी, ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेकाले ट्राफिक नियम परिपालनामा प्रगति भएको बताउँदै उनले कारबाहीमा भएको अनलाइन प्रणालीको विकासलगायत कारणले आव २०८०र८१ को तुलनामा आव २०८१र८२ मा राजस्व सङ्कलन बढ्नुका साथै सवारी दुर्घटनामा कमी आएको जानकारी दिए ।
आव २०८०र८१ मा सो कार्यालयले दुई लाख ९१ हजार २९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार ५०० राजस्व सङ्कलन गरेको थियो । आव २०८१र८२ मा बागमती प्रदेशको उपत्यकाका तीनबाहेक १० जिल्लामा भएका दुई हजार ४२२ सवारी दुर्घटनामा ३०४ जनाको मृत्यु भएको छ भने चार हजार ७५१ जना घाइते भएका प्रहरी नायब उपरीक्षक खाँणले जानकारी दिए।
क्षमता भन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भएर मोटरसाइकल चलाउने प्रवृत्ति अझै देखिएकाले राजमार्ग तथा अन्य सहायक मार्गहरूमा समेत सवारी जाँचमा कडाइ गरिएको प्रहरी नायब उपरीक्षक खाँणले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया