७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

जनता हाहाकारमा राखेर मन्त्रीहरु आफ्ना लागि मिनिरल वाटर मगाउँन व्यस्त छन्’

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एंव सांसद प्रभु साहले तराईका जनताहरुले सामान्य पानी पनि खान नपाउने अवस्था आएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा उनले मन्त्री र प्रधानमन्त्रीहरु आफ्नो लागि विदेशबाट मिनिरल वाटर मगाउने गरेको भन्दै जनता भने सामान्य पानी पनि खान नपाउने अवस्थामा रहेको बताए ।

उनले भने, ‘तराई मधेशमा खानेपानीको हाहाकार छ । अवस्था काकाकुल छ, पानी पानी भन्दा भन्दै जनताहरु थाकि सकेका छन् । सुन्नेहरुको कान पनि पाकि सकेको छ ,तर सरकारले सुनेको छैन् । म सरकारलाई सोध्न चाहान्छु खाने पानी दिने हो की होईन् । खानेपानी दिने हो भने कहिले दिने हो भन्ने कुरा जान्न चाहान्छु । सरकारका मन्त्री र प्रधानमन्त्रीहरु आफ्नो लागि विदेशबाट मिनिरल वाटर मगाउनु हुन्छ तर जनताले सामान्य पानी पनि खान पाएको छैन् ।’

यस्तै, उनले खानेपानी सँगै मलको जिम्मेवारी पनि सरकारको भएपनि आजसम्म किसानले मल नपाएको बताए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।