६ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाज

रामेछापमा पुष्पलाललाई यसरी सम्झियो

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवस तीनलालको जिल्ला भनेर चिनिने रामेछापमा पुष्पलाल सहित तीनलालको सालिकमा माल्यार्पण गरी मनाइएको छ ।

 

नेपालको प्रजातान्त्रिक आन्दोलनका सहित गङ्गालाल, नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म जिल्ला रामेछापमा मन्थलीमा रहेको तीनलाल पार्कमा नेकपा एमाले रामेछापको आयोजनामा तीनलालको सालिकमा बुधबार बिहान माल्यार्पण कार्यक्रम आयोजना गरिएको हो ।

 

नेकपा एमाले रामेछापले आयोजना गरेको कार्यक्रममा पार्टीको प्रदेश कमिटीका नेताहरू, जिल्ला कमिटीका नेताहरू, जनप्रतिनिधि, नगरपालिका कमिटीका नेताहरू, जनसांस्कृतिक महासंघकी केन्द्रीय अध्यक्ष भूमिका सुब्बा लगायत जनसंगठनका नेताहरू लगायतको सहभागिता थियो ।

 

पुष्पलालको स्मृति दिवसको अवसरमा आज दिउँसो पुष्पलालको जन्मथलो रामेछापको भँगेरीमा नेकपा एमाले रामेछाप र जनसांस्कृतिक महासंघ बाग्मती प्रदेश कमिटीको आयोजनामा विशेष कार्यक्रम आयोजना गर्न लागिएको एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जानकारी दिए ।

 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो । उनको २०३५ साउन ७ गते उपचारका क्रममा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा निधन भएको थियो ।

 

२००६ साल वैशाख १० गते पुष्पलालले नेकपाको स्थापना  गरेका थिए । भारतको कलकत्ताको श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा पार्टी स्थापना भएको थियो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व