Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

भावनाको गीतमा शिल्पा र नबिनको रोमान्स

रातो कागज
6 घण्टा अघि

काठमाडौं । गायिका भावना आचार्य  र  गायक रामचन्द्र काफ्लेको स्वर रहेको सोच सोच बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

गायिका आचार्य स्वयमको शब्द तथा संगीत सृजना रहेको सार्वनिजक गीतमा हेमन्त शिशिरको एरेन्ज रहेको छ ।  हिन्दु नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा सार्वजनिक गीतको भिडियोमा गायिका भावनाले समयमा नै विबाह गर्न भन्दै रमाइलो शैलीमा आग्रह गरेकी छिन् ।

भिडियोमा नायिका शिल्पा पोखरेल र नबिन किशोरको जोडी खुबै सुहाएको छ । लामो समयपछि नायिका शिल्पा भावनाकै भिडियोबाट फेरी काममा फर्किएकी हुन् । भिडियोमा शिल्पा र  नबिनका अलावा गायक काफ्ले र गायिका भावना स्वयमको पनि अभिनय देख्न सकिन्छ ।

निर्देशक नितिन चन्दको निर्देशनमा तयार भएको भिडियोको कोरियोग्राफी  सुरेन्द्र बसेलले गरेका हुन् । सौखिन तिमल्सेनको सम्पादन रहेको भिडियोको छायांकन  बिनोद विष्टले  गरेका हुन् ।

गायकनसँगसँगै अभिनयमा पनि औधी रुची राख्ने गायिका भावना पछिल्ला भिडियोमा आँफै पनि मोडलका रुपमा देखा पर्दै आएकी छिन् ।

भावनाका बग्ने खोला,  मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, उडी उडी आ सुवा, मलाई दिउँ दिउँ झै लाउने, लगायतका गीतहरु बजारमा आइसकेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया