७ पुष २०८२, सोमबार
मुख्‍य समाचार राजनीति विशेष समाचार

बीपीले राजनीति र परिवारलाई उत्तिकै महत्व दिनुहुन्थ्यो : डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले बीपी कोइरालाको राजनीतिक जीवनसँगै पारिवारीक सम्बन्ध पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा बीपी स्मृति दिवसको अवसरमा आयोजित पुस्तक विमोचन समारोहमा बोल्दै उनले राजनीतिक व्यस्तता र सोही अनुसारको जीवनशैलीका बाबजुत पनि बीपीले आफ्नो परिवारलाई समय दिएर धेरै ख्याल राख्ने गरेको स्मरण गरे ।

उनले भने,‘बीपी कोइरालालाई जहिल्यै मेरो पढाइको चिन्ता हुन्थ्यो । उहाँको राजनीतिक जीवन त राम्रो छँदै थियो, अर्को पारिवारिक जीवन पनि त्यत्तिकै महत्वपूर्ण थियो । उहाँले आफ्ना छोराछोरीलाई मात्र भन्दा पनि अरुको छोराछोरीलाई पनि उत्तिकै माया गर्नुहुन्थ्यो ।’

त्यस्तै उनले राजनीति एउटा अन्यौलता रहेको भन्दै अन्यौलतामा रमाउन सक्नेले मात्र राजनीति गर्न सक्ने धारणा राखे ।

उनले भने,‘मलाई धेरैले सोध्नुहुन्थ्यो–तँ डाक्टर मान्छे राजनीतिमा रुची होला त भनेर । राजनीति भनेको अन्यौलता रहेछ । सोचेको हुन्छ एउटा गइदिन्छ अर्को बाटोतिर । जसले त्यसमा रमाउन सक्छ,उसले नै राजनीति गर्ने हो रहेछ ।’

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।