७ माघ २०८२, बुधबार
खेलकुद बागमती मुख्‍य समाचार

एनपिएलको दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले नयाँ लोगो सार्वजनिक गरेको छ ।

 

लुम्बिनीले लायन्सले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो । सम्पदा, भावना र राष्ट्रिय गौरवको सम्मान गर्दै लुम्बिनी लायन्सको नयाँ लोगो प्रस्तुत गरेको उनीहरुको भनाई छ ।

 

नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा स्थापित स्तम्भ, नेपालको राष्ट्रिय झण्डा झल्काउने तत्वहरुसमावेश गरिएको छ ।

 

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा पहिलो संस्करण खेलको लुम्बिनीले अपेक्षा अनुरुपको प्रदर्शन गर्न सकेको थिएन । पहिलो संस्करणमा खेलेको ७ मध्ये १ खेल मात्र जितेको लुम्बिनी अंक तालिकाको पुछारमा रहेको थियो ।

 

दोस्रो संस्करणका लागि लुम्बिनीले रोहित, विवेक यादव, तिलक राज भण्डारी, अविसेस गौतम, सन्दीप जोरा र दिनेश अधिकारीलाई रिटेन गरेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected