रातो कागज

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सबै जातजाती र समुदायको समर्थन काङ्ग्रेसले प्राप्त गर्ने हो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी बन्ने बताएका छन् ।
सोमबार नेपाली काङ्ग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले पुस्तकालय स्थापना र सञ्चालनमा सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र वितरण गर्न आयोजित कार्यक्रममा उनले काङ्ग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक रहेको भन्दै त्यसको लागि पुस्तकालयको पनि भूमिका हुने बताए ।
उनले भने, ‘नेपालमा काङ्ग्रेस मात्रै एउटा ठूलो पार्टीको रुपमा छँदैछ । अझ बहुमत प्राप्त गर्ने पार्टी पनि हुन सक्छ । यद्यपी अहिलेको समानुपातिक समावेशीतामा आधारित जुन व्यवस्था छ । सबैलाई समावेश गर्ने खालको व्यवस्था छ । सबै जातजाती, समुदायको समर्थन प्राप्त गर्न सक्यो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी बन्न सक्छौ । यसमा यो पुस्तकालयले ठूलो भूमिका खेल्न सक्छ ।’
साथै, उनले यस पुस्तकालयमा रहेका किताबहरु एकदमै बहुमूल्य भएको भन्दै पार्टीको सिद्धान्त र आदर्श पुस्तकालयमार्फत सबैलाई बुझाउन सक्नुपर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया