Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सुनचाँदीको मूल्य बढ्यो

नेपाल न्युज बैंक
3 घण्टा अघि

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को दोस्रो दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको  छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य २ सय रुपैयाँले बढेको हो ।

 

बिहीबार १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर २ हजार २ सय ८० रुपैयाँमा कारोबार भैइरहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया