२८ माघ २०८२, बुधबार
कर्णाली मनोरन्जन मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज

देउडा खेलेर मुगुमा मनाइयो साउने संक्रान्ति

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा स्थानीयले देउडा कार्यक्रम आयोजना गरेर  देउडा मार्फत  साउने संक्रान्ति मनाएका छन् ।

 

छायाँनाथ रारा नगरपालिका वडा नम्बर –२ र माझपातल सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा सदरमुकामको शिरमा रहेको  बाजथला हरियाली पार्कमा देउडा संरक्षण गर्दै नगरबासिले देउडा खेलेर साउने संक्रान्ति मनाएका हुन् ।

 

संक्रान्तिकै अवसरमा बिहीबार छायाँनाथ रारा नगरपालिका भित्र रहेका १ वडा देखि १४ वटै वडाका भित्र बस्ने  महिला देउडा  टिमबीच देउडा प्रतियोगिता आयोजना गरिएको थियो ।

 

त्यसैगरी, महिला र पुरुषबीच पनि हिजोआज देशमा चलिरहेको राजनीति , र जिल्लामा रहेका रितिरिवाज, धर्म ,भेषभूषा,लोपमुलक रैथाने बालिको संरक्षण बारे रोचक देउडा खेल भएको थियो।

 

यसैगरी  पार्क वरिपरि हरियालि बनाउनको लागि १सय भन्दा बढी बिरुवा रोपेका छन् , पर्यटन प्रर्वद्धन विकासमा टेवा पुगोस् भन्ने हिसावले यहाँ पार्क निर्माण गरि छायाँनाथ रारा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष परेकराज चौलागाईंले बताए ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,