७ पुष २०८२, सोमबार
राजनीति विशेष समाचार

सरकाले सुरुमा गति लिएको थियो, अहिले बरालिएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमालेको सरकारले सुरुका दिनमा शुभ संकेत देखाएपनि पछिल्लो समय बरालिएको बताएका छन् ।

बिहीबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पछिल्लो समय दिन गनेर बस्ने जस्तो देखिएको बताएका हुन् ।

थापाले भने, ‘दुई पार्टी मिलेर सरकार बन्दा सुरुमा गति पनि समातेको थियो । अहिले यो सरकार बरालिएको छ । दिन गनेर बस्ने जस्तो भएको छ । आइतबार गयो, सोमबार आयो । एकजनाले बोल्दिएपछि ढल्दैन ढल्दैन भन्यो ।’

साथै उनले सरकार भनेको दिन गनेर बस्ने हो र भन्दै प्रश्न गरे । उनले बेला बेला प्रधानमन्त्रीले अब एक वर्ष मात्रै छु भन्दै बस्न नहुने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले अब एक वर्ष म हुन्छु, एक वर्षपछि कांग्रेसलाई हस्तान्तरण गर्छु, त्यो हिसाबकिताबको बारेमा अब कुरा नगरौँ । सरकार भनेको दिन गनेर बस्ने हो र ? अनि हामी ३६५ घट्यो ३६४ भयो भन्दै हाम्रो पालो आयो भनेर औँला भाँच्दै बस्ने हो र ? हामीले सुन्न र गर्न चाहेको भनेको त यो एक वर्ष चाहिँ के गर्छौं हामी ? यो एक वर्ष नेपालले के पाउने ?।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।