Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा

नेपाल न्युज बैंक
10 घण्टा अघि

काठमाडौं । दुई चर्चित डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा गरेका छन् । बिहीबार काठमाडौं आयोजित एक विशेष समारोहमा एकीकृत कम्पनी आईएमई खल्ती लिमिटेडको घोषणा गरिएको हो ।

 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबारका लागि आईएमई खल्ती लिमिटेडको इजाजतपत्र नवगठित सञ्चालक समितिलाई हस्तान्तरण गरे । सञ्चालक समितिमा कृष्णप्रसाद शर्मा, दिवाकर पौडेल, सीताराम थापा, प्रवीण रेग्मी, अमित अग्रवाल, अरविन्द साह र मनिष मोदी रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा विनय खड्का नियुक्त भएका छन् ।

 

मर्जरसँगै अब खल्ती ब्रान्डमा वालेट सञ्चालन हुनेछ । नयाँ लोगोमा खल्तीको पहिचान बनेको बैजनी रङलाई विस्थापित गरी रातो रङलाई मुख्य बनाइएको छ । लोगोको दायाँपट्टि माथिल्लो भागमा आइएमईको ब्रान्डलाई झल्काउने चङ्गा राखिएको छ भने त्यसको तल कालो अक्षरमा ’दथ’ र रातोमा ’क्ष्ःभ्’ लेखिएको छ ।

 

समारोहमा नयाँ लोगो अनावरणका साथै एकीकृत एप र वेबसाइटमा गरिएका प्राविधिक तथा प्रवद्र्धनात्मक परिवर्तनहरूबारे पनि जानकारी दिइएको थियो ।

 

राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति पाएपछि यी दुई कम्पनीले आजदेखि एकीकृत कारोबार सुरु गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया