रातो कागज
5 घण्टा अघि

काठमाडौं । नेकपा एमालेले बिहीबारका लागि सचिवालय बैठक बोलाएको छ।
बैठक भोलि दिउँसो १ बजे बस्ने गरी आह्वान भएको स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार पोलिटब्यूरो र केन्द्रीय कमिटीमा पेश गर्ने एजेण्डाको विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो। साउन २ र ५ गते एमालेको पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बस्दैछ ।
एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसैको तयारीका लागि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया