नेपाल न्युज बैंक
8 घण्टा अघि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९२ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला २ हजार २ सय ७५रुपैयाँमा कारोवार भएको चाँदी आज २ हजार २ सय ६० रुपैयाँमा कारोबार भैइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया