Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

नेपाल न्युज बैंक
19 घण्टा अघि

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३७ रुपियाँ र बिक्रीदर १३७ रुपियाँ ६० पैसा रहेको छ ।

 

यसैगरी आज युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ९१ पैसा र बिक्रीदर १६० रुपियाँ ५१ पैसा, युके पाउण्डस्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ १९ पैसा र बिक्रीदर १८५ रुपियाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ९३ पैसा र बिक्रीदर १७२ रुपियाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ९० पैसा र बिक्रीदर ९० रुपियाँ २९ पैसा कायम गरिएको छ ।

 

राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ०८ पैसा र बिक्रीदर १०० रुपियाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ९० पैसा र बिक्रीदर १०७ रुपियाँ ३७ पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ १० पैसा र बिक्रीदर नौ रुपियाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १० पैसा र बिक्रीदर १९ रुपियाँ १८ पैसा निर्धारण गरेको छ ।

 

यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५३ पैसा र बिक्रीदर ३६ रुपियाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५९ पैसा र बिक्रीदर ३७ रुपियाँ ७६ पैसा, थाइभाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ३० पैसा र बिक्रीदर ३७ रुपियाँ ४६ पैसा कायम गरिएको छ ।

 

आज मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३० पैसा र बिक्रीदर ३२ रुपियाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९३ पैसा र बिक्रीदर ९ रुपियाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २० पैसा र बिक्रीदर १४ रुपियाँ २६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४३ पैसा र बिक्रीदर २१ रुपियाँ ५२ पैसा तोकिएको छ ।

 

साथै, राष्ट्र बैंकका अनुसार हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ४५ पैसा र बिक्रीदर १७ रुपियाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ ४० पैसा र बिक्रीदर ४५० रुपियाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपियाँ ४० पैसा र बिक्रीदर ३६४ रुपियाँ ९९ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ ८३ पैसा र विक्रीदर ३५७ रुपियाँ ३९ पैसा रहेको छ ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया