Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

वामदेव गौतमको समूह नेकपा एसमा समाहित हुने

रातो कागज
6 घण्टा अघि

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान र नेकपा एकीकृत समाजवादी एकता हुने भएको छ ।

आइतबार प्रतिनिभि सभा परिषदमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेले बेवास्ता गरेपछि नेकपा एकीकृत समाजवादीमा जाने निर्णय गरेको बताएका हुन् ।

उनले भने, ‘नेकपा एकीकृत समाजवादी र एमालेतिर पनि प्रयत्न भएको थियो । एमालेले पर्ख पर्ख भनेर भन्यो । पर्खेर बस्यौं, अनि अन्त्यमा अध्यक्ष केपी ओलीले बोलाउनुभयो । दुई घण्टा भाषण गर्नुभयो । समयमा खवर हुन्छ भनेर पठाउनुभयो । पर्खेर बस्दा खबर आएन र एकीकृत समाजवादीतिर जाने निर्णय गर्यौ । साउन २ गते हामी एकीकृत समाजवादी बन्नेछौ ।’

उनले आफूले एमाले निर्माणमा सबैभन्दा बढी योगदान गरेको र त्यो क्षमता विद्या भन्डारीसँग पनि नभएको बताए ।

‘मैले नेकपा एमाले निर्माण गर्न सबैभन्दा बढी योगदान गरेको छु । सबैभन्दा बढी खतरा मोलेर काम गरेको छु । विद्या भन्डारीसँग पनि मैले त्यो क्षमता पाइँन । म नेकपा एकीकृत समाजवादीमा जाँदैछु । एकीकृत समाजवादीमा रहेका कार्यकर्ता मैले संघर्ष गरेर निर्माण गरेका कार्यकर्ता हुनुहुन्छ ।’

 

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया