Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा बंगलादेशसँग पराजित

नेपाल न्युज बैंक
21 घण्टा अघि

काठमाडौं । नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको छ । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले घरेलु टोली बंगलादेशलाई २—२ को बराबरीमा ल्याएपनि अन्तिम मिनेटमा गोल खाँदै ३-२ ले पराजित भएको हो ।

 

पहिलो हाफमा बङ्गलादेशले २-० को अग्रता बनाएको थियो । खेलको १३औं मिनेटमा बङ्गलादेशले अग्रता बनायो । सिना जहान शिखाले गोल गरिन् । डिफेन्डर गंगा रोकायाले गोल लाईनबाट बचाएको बललाई उनले गोल गरेकी हुन् ।

 

यसपछि नेपालले बराबरी गोल फर्काउने मौका गुमायो । २८औं मिनेटमा अनिषा राईको फ्रि किक प्रहार क्रसबारमा लागेर फर्कियो ।

 

३६ औं मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर गर्यो । दोस्रो हाफको सुरुवातमै दुवै टोली १०—१० खेलाडीमा सिमित भए । नेपालकी डिफेन्डर सिम्रन राई र सागोरिकाले एक अर्कामाथि मुक्का बर्साएपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाइन् ।

 

नेपालले त्यसको केही समयमा पेनाल्टी पाएर खेलमा फर्कने अवसर पायो । अनिशा राईले गोल गर्दै खेल २—१ को स्थितिमा ल्याइन् ।

 

तर बंगलादेशले इन्ज्युरी समयको १२ औं मिनेटमा विजयी गोल गर्यो । श्रीमति तृष्णारानी सरकारले गोल गर्दै घरेलु टोलीलाई जित दिलाइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया