Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

गाजामा पानीको लाइनमा बसिरहेका बालबालिकासहित १० जना मारिए, इजरायली सेनाद्वारा गल्ती स्वीकार

रातो कागज
21 घण्टा अघि

काठमाडौं । गाजा सहरको केन्द्रस्थित अल—नुसेरात शरणार्थी शिविरमा आइतबार पानी भर्ने क्रममा इजरायली ड्रोन आक्रमण हुँदा ६ बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको गाजाको आपतकालीन सेवाका अधिकारीहरूले जनाएका छन् ।

 

सेनाले सर्वसाधारणमा भएको कुनै पनि क्षतिप्रति दुःख व्यक्त गरेको छ । इजरायली सेनाले आफूले एक आतंकवादीलाई निशाना बनाएको तर गोला–बारूद धेरै मिटर टाढा खसेको बताएको छ ।

 

घटनास्थलमा पानीको ट्याङ्कर छेउमा लाइनमा बसेका व्यक्तिहरूमाथि ड्रोनबाट क्षेप्यास्त्र प्रहार गरिएको थियो ।

 

इजरायली रक्षा बलले यस आक्रमणमा ‘एक आतंकवादीलाई’ लक्षित गरिएको भए पनि प्राविधिक त्रुटिका कारण बम लक्षित स्थानभन्दा धेरै पर खसेको स्वीकारेको छ । यस घटनाको समीक्षा भइरहेको सेनाले जनाएको छ ।

 

इजरायली रक्षा बलले घटनामा निर्दोष नागरिकको मृत्यु हुन पुगेको प्रति दुःख व्यक्त गर्दै भनेको छ, ‘हामी नागरिक क्षति न्यून पार्न सक्दो प्रयास गर्छौं र निर्दोष नागरिकहरूलाई क्षति पुगेमा खेद व्यक्त गर्छौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया