५ फाल्गुन २०८२, मंगलवार
अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सिमा बृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर निर्माण वा खरिद गर्न प्रवाह गरिने कर्जाको सिमा बढाएको छ ।  शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति मार्फत घर निर्माण वा खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा बढाएको बताएका छन् ।

 

यस्तै, उनले दोस्रो वित्तीय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने पनि बताए । उनले भने, ‘दोस्रो वित्तिय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपनि कार्यान्वयनमा ल्याइने छ । निजी आवासिय, घर निर्माण गर्न वा खरिद गर्न प्रवाह गरिने कर्जाको सिमा रु २ करोडबाट बढाएर, रु.३ करोड कायम गरिने छ । पहिलो घर निर्माण वा खरिद गर्दा यस्तो कर्जाको लागि कर्जा मूल्य अनुपात बढिमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढिमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था मिलाइने छ ।’

 

यसको साथै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने कर्जाको सिमा पनि बढाएको उनले जानकारी दिए । उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सिमा १५ करोडबाट बढाइ २५ करोड रूपैयाँ पु¥याइनेछ ।’

 

न्यून र मध्यम आय भएका घर परिवारको जीवनस्तर सुधार गर्न सहयोग पु¥याउने उद्देश्यले बैंक तथा वित्तिय संस्थाहरुले कृषि फसल, कृषि योग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैले मूल्यांक गरि १० लाखसम्म कृषि वा व्यवसाय कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिने पनि उनको भनाई छ ।

 

उनले भने, ‘कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजिकरण गरि न्यून र मध्यम आय भएका घर परिवारको जीवनस्तर सुधार गर्न सहयोग पु¥याउने उद्देश्यले बैंक तथा वित्तिय संस्थाहरुले कृषि फसल, कृषि योग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैले मूल्यांक गरि १० लाखसम्म कृषि वा व्यवसाय कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिने छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र