Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बाघको आक्रमणबाट घाइते

नेपाल न्युज बैंक
7 घण्टा अघि

नवलपुर (नवलपरासी), २७ असार । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को हुप्सेकोट गाउँपालिकामा आज बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । हुप्सेकोट–१ बेलुवाका ३८ वर्षीय दीपेन्द्र शर्पुञ्जालाई करिब सात बजे बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

 

 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले स्थानीय त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा दीपेन्द्रलाई बाघले आक्रमण गरेको जानकारी दिए ।

 

 

उनका अनुसार बाघको आक्रमणबाट घाइते दीपेन्द्रको दाहिने हातको पाखुरा, छातीको दाहिने भाग र ढाडमा चोट लागेको छ । बाघको आक्रमणबाट घाइते भएका दीपेन्द्रको उद्धार गरी कावासोतीको डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको नेपालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया