१३ पुष २०८२, आईतवार
अर्थ

साना उद्योगी र व्यापारीलाई देशमै राख्ने मौद्रिक नीति आवश्यक : सभापति चालिसे

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले साना उद्योगी र व्यापारिहरुलाई मुलुकभित्रै राख्ने खालको मौद्रिक नीति आउनुपर्ने बताएका छन् ।

बुधबार अर्थ समितिको बैठकमा भएको आ.ब. २०८२/८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयको छलफलमा उनले नेपालमा उत्पादनको अवस्था राम्रो भएपनि ९० प्रतिशत खाद्यन्न किनेर बस्नुपर्ने कुरा लाजमर्दो भएको भन्दै उद्योगधन्दा छोडेर विदेशिन थालेका व्यापारिहरुलाई देशमै राख्न सक्ने वातावरण बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘यो मुलुकमा सबैभन्दा महत्वपूर्ण कुरा उत्पादा हो । देशभर उत्पादनको लागि वातावरण राम्रो छ तर उत्पादन हुन सक्दैँन् । ९० प्रतिशत खाद्यन्न किनेर बसेका छौँ । यो लाजमर्दो कुरा हो यसमा के भएको हो । यसको कमजोरी के हो । साना उद्योगी र व्यापारिहरु किन अन्यायमा परे, किन आफ्नो उद्योगधन्दा छोडेर विदेशिन थालेका छन् । उनीहरु सबैलाई यही मुलुकभित्र काम गर्न सक्ने गरि मौद्रिक नीति आउनुपर्छ । हामी सबैको उद्देश्य त्यही हो ।’

साथै, उनले आज नै अर्थ समितिले नेपाल राष्ट्र बैंकमा लिखित रुपमा आफ्नो सुझावहरु प्रस्तुत गर्ने कुरा पनि जानकारी गराएका छन् ।

सोही बैठकमा गभर्नर विश्व पौडेलले सबैको सुझाव आगामी मौद्रिक नीतिमा समावेश गर्ने कोशिस गर्ने भन्दै समितिबाट लिखित रुपमा सुझावहरु आउने आशा गरेको बताए ।

उनले भने, ‘सबैको सुझाव आगामी मौद्रिक नीतिमा सकेसम्म समावेश गर्ने कोशिस गर्ने छु । यो सुझावहरु लिखित रुपमा छिटै नै यो समितिबाट आउने छ भन्ने आशा गरेको छु ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने