२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

भिजिट भिसा प्रकरणमा निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गर्यो : राप्रपा

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) की  सांसद अनिसा नेपालीले  भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गरेको बताएकी छिन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद बहिष्कार गर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गरेको छ । जबसम्म छानबिन समिति बन्दैन तबसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा बहिष्कार गर्दछ ।’

राप्रपाले यसअघिदेखि नै भिजिट भिसाको दुरुपयोगका घटनामाथि गम्भीर छानबिन हुनुपर्ने माग राख्दै आएको छ । सांसद नेपालीले बाढी–पहिरो पीडितहरूको उद्धार तथा राहतमा समेत ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।