Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आज अर्थसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

नेपाल न्युज बैंक
13 घण्टा अघि

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन् ।

 

बुधबार अर्थ समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दै छ । बैठकमा आ.व. २०८२÷८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल गरिने कार्यसूची रहेको छ ।

 

त्यस्तै विधायन व्यवस्थापन समितिको ९१ औँ बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गरिने कार्यसूची छ ।

 

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया