नेपाल न्युज बैंक

काठमाडौँं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले जिबी राईलाई सरकारले नै लुकाएको आरोप लगाउँदै तत्काल फिर्ता ल्याउन माग गरेका हुन ।
उनले यसअघि राईलाई पक्राउ गरेर ल्याउछु भन्ने गृहमन्त्रीले त्यसतर्फ चासो नदेखाएको बताए । शाहीले सहकारीको विषयमा छानबिन गर्न बनेकोजस्तै भिजिट भिसामा पनि छानबिन समिति गठन हुनुपर्ने भन्दै संङख्याको आधारमा नभएर अपराधको आधारमा समिति बनाउन माग राखे ।
‘जिबी राई कहाँ छन, राईलाई अहिलेको सरकारले कति अर्बमा डिल ग¥योरु,’ ’हिजो प्रतिपक्षमा हुँदा जिबी राई पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ ।
जिबि राई चाहियो यहाँ । नेपाल सरकारले चाह्यो भने गर्न नसक्ने के कानुनी आधार छ । सहकारी छानबिन समिति बनाए जसरी नै सहकारी छानबिन समिति हामीले बनाएका थियौं,’ उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया