Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नेकपा एसको सचिवालय बैठक जारी, निर्णय सार्वजनिक गर्ने तयारी

नेपाल न्युज बैंक
3 घण्टा अघि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि जारी छ ।

 

आइतबार बसेको बैठकमा पार्टीका नेताहरूले बोल्ने क्रम सकिएपछि बैठकको निष्कर्ष र निर्णय सार्वजनिक गर्न आज (मंगलबार) बिहान ११ बजेदेखि बैठक जारी रहेको सचिवालयले जनाएको छ ।

 

गत आइतबार बसेको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले पुनः आज बैठक बसेको हो ।

 

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय पार्टी कार्यालयमा आइतबार बसेको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, समाजवादी मोर्चाका गतिविधि, वामपन्थी शक्तिबीच एकतालगायत विषयमा छलफल गरिएको थियो ।

 

बैठकमा पार्टी नेतृ रामकुमारी झाँक्रीका बारेपनि छलफल गरिएको छ ।

 

उनले असार १४ गते बुटवलमा आयोजित एक कार्यक्रममा पार्टीको मूल नेतृत्व (अध्यक्ष माधवकुमार नेपाल) लक्षित अभिव्यक्ति दिदैँ  अर्ली महाधिवेशन गरेर अर्को नेतृत्व चयन गर्नुपर्ने धारणा राखेकी थिइन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया