नेपाल न्युज बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले विपन्न, गरिबीको रेखामुनि रहेका जनशक्तिले ऋणको पहुँचमा आउन नसकेको बताएका छन् ।
आइतबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनलले देशका धेरै समुदायहरुको ऋणमा पहुँच नभएको र ऋणमा पनि सबैजनाको हक लाग्ने बताएका हुन् ।
उनले भने, ‘हामी भूइँचालोबाट आयौं, कोभिडबाट आयौं । हाम्रो देश धेरै विविधता भएको देश हो ।
यहाँ धेरै समुदायहरु छन् तर लोनमा सबैको पहुँच छैन् । साना किसान जस्ता कार्यक्रहरु गरिरहेको छ । हाम्रा देशमा विपन्न, गरिवीमा रहेकाले ऋण सजिलोसँग पाएका छैनन् ।
व्याज धेरै महङगो तिरिहरेका छन् । ऋणमा सबैजनाको हक लाग्नुपर्छ ।’
उनले ऋण प्रवाह गरेअनुसार सबैलाई माथि लैजान नसकेको पनि बताए ।
‘हामीले जुन रुपमा ऋण प्रवाह गर्छौं । त्यसलाई सबैलाई माथि लैजाओस् । समस्या यहाँ के छ भने त्यो दर्शनमा काम पनि गरेको हो । तर चाहे अनुरुप काम भएन,’ उनले भने ।
यस्तै, उक्त कार्यक्रममा उद्योगपति शेखर गोल्छा आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सन्दर्भमा आफ्ना धारणा राखेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया